काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल १२ दिने भ्रमणका लागि शनिबार चीनको सद्भावना भ्रमणमा जाने भएको छ ।
महासचिव नेतृत्वको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्यदेखि जनवर्गीय संगठनका अध्यक्ष समेत छन् ।
भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरूसँग भेटवार्ता हुनेछ ।
भेटका क्रममा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष छलफल हुनेछ भने एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको पार्टीस्तरीय सम्बन्धका विषयमा अन्तरक्रिया हुने जनाइएको छ ।





प्रतिक्रिया