देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

देशान्तर

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रूपैयाँ छैसठ्ठी पैसा बिगो कायम गरी मागदावी लिइएको छ।

कार्कीले २०५३ देखि २०७९ सम्म जागिर अवधिमा एक करोड आठ लाख अड्चालीस हजार पाँच सय नब्बे रुपैयाँ छ पैसा वैधानिक आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

तर, सोही अवधिमा उनले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बिमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, बिभिन्न कम्पनीहरुको शेयर खरिद तथा लगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी पाँच करोड पचहत्तर लाख सतासी हजार तीन सय सत्तरी रुपैंयाँ बहत्तर पैसा देखिन आएको अख्तियारले जनाएको छ ।

चार करोड सत्सठ्ठी लाख अठतिस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा बराबर रकम अवैध आर्जन गरेको देखिएको अख्तियारको भनाई छ ।