देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान

देशान्तर

काठमाडौँ ।  सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । 

शुक्रवार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका सहसचिव बुद्ध बहादुर गुरुङ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कवीन्द्र नेपाल, लगायत १० जना छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने निर्णय गरेको थियो ।