देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजामती कर्मचारी दाङका भट्टराई पुरस्कृत

देशान्तर


काठमाडौँ । सरकारले २०औँ निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा
दाङका ठाकुर प्रसाद भटट्राई निजामती सेवा पुरस्कार बाट पुरस्कृत भएका हुन् । उत्कृष्ट कर्मचारी पुरस्कार ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो ।
घोराही ४ स्थायी घर भएका भटट्राई जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हुन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार धनकुटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित १० जनालाई प्रदान गरेका थिए ।

सोही पुरस्कार सहसचिव बुद्धिबहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, उपसचिव रामप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीका निर्देशक ढुण्डीराम लामिछाने, मालमोत अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रणक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख छ ।

त्यसैगरी ५० हजार राशिको निजामती सेवा पुरस्कार कान्ति बाल अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुइतुइ, उपसचिव डा डमरुबल्लभ पौडेल, उपसचिव चुडाराम सापकोटा, इन्जिनियर किशोर पन्थी र शाखा अधिकृत नवराज तामाङ ब्लोनसहित ३० जना निजामती कर्मचारीलाई प्रदान गरिएको छ ।

त्यसैगरी गत वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार उपसचिवहरु दीपकप्रसाद खतिवडा, हरिप्रसाद ज्ञवाली, मुना शर्मा, शोभाखर रेग्मी, सन्तोष पौडेल, लिलाकान्त पौडेल र शान्तिबहादुर बस्नेतसहित १० जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।