देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशोधन प्रस्ताव मान्य नहुने: अध्यक्ष ओली

देशान्तर

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले ल्याएको संविधान संशोधन प्रस्ताव देशविरोधी भएकाले कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने बताएका छन् ।

अध्यक्ष ओलीले स्थानीय तहको चुनाव नसकिएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नदिने बताए । उनले प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन नसकिएसम्म संविधान संशोधनको नयाँ प्रस्ताव आउन नदिने र पास पनि नहुने जिकीर गरे ।

गृहनगर झापाको दमकमा आयोजित एमालेको विजयी सभामा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष ओलीले सरकारले संविधानको प्रस्ताव फिर्ता लिएर अर्को प्रस्ताव पारित गर्ने गरी ल्याउने विषयमा छलफल गरी सहमति जुटाउन भने एमाले तयार रहेको बताए ।