काठमाडौं । न्यु समिट कलेज शान्तिनगर काठमाडौँ तथा TechTrix Nepal को संयुक्त आयोजनामा TechTrix 2023 सुरु भएको छ । तेस्रो संस्करणको TechTrix Nepal को शुक्रबार प्रमुख अतिथि पूर्व उपप्रधान तथा स्थानिय तथा संघिय मामिला मन्त्रि एवं काठमाडौँ क्षेत्र नं १ का संघिय सांसद प्रकाशमान सिंहले गरे ।
तिन दिन सम्म चल्ने उक्त कार्यक्रमको उदघाटन गर्दै पूर्व उपप्रधानमन्त्री एब नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भने “ न्यु समिट कलेजले IT का विद्यार्थिलाई यस्ता कार्यक्रममार्फत अथाह सम्भावनाका ढोका खालेको र आवश्यकता परेमा प्रविद्यि क्षेत्रलाई उचाईमा पु¥याउन आफुले निर्वाह गर्नुपर्ने भुमिका निभाउन तयार रहको छु ।”
उपत्यका तथा उपत्यकावाहिरका १८ वटा IT लेजको २३ वटा टिमको सहभागिता रहेको कार्यक्रममा , Hackathon , Project Demonstration , Gaming Events , IT Quiz लगायत विभिन्न प्रतियोगिता रहनेछन्।

प्रधानाध्यापक चोकराज दवाडीको सभापतित्वमा भएको कार्यक्रममा उनले शिप बिकास र प्रयोग, आर्जन गरिएको सिपलाई विश्वविद्यालय शिक्षा मार्फत शैक्षिक उदेश्य प्राप्ती र सो मार्फत विभिन्न ITCompany संग समन्वय गराउने र सकेसम्म स्वदेशमा विद्यार्थिलाई आत्मर्निभर बनाउने कथमकदाचित विदेश गएमा सम्मान जनक पेशा प्राप्त गर्न सक्ने जनशक्त्ती निमार्ण गर्ने एवं विभिन्न IT लेजका विद्यार्थिमाझ भाईचारा मार्फत एक अर्काका प्रतिस्पर्धी बनाउने उदेश्य रहेको प्रिन्सिपल दवाडीले बताए । कार्यक्रममा राष्ट्रिय सुचनातथाप्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिपशर्मा पौडेलको विषिष्ट अतिथिको रुपमा उपस्थिति थियो ।
कार्यक्रम आयोजना गरिनुको उदेश्यमा कलेजका स्नातक तह कार्यक्रम संयोजक प्रवेश ढुङ्गानाले प्रकास पारेका थिए । TechTrix Nepal का सदस्य कस्तुभ कार्कीले यो कार्यक्रम IT को सुरुवात नभएर एक पूस्तक नै हुने र आफुसंग भएको सृजनशिलता प्रयोग गर्न सके विश्वक्ष्त्वजारमा आफ्नो बलियो उपस्थित जनाउन सकिने बताए । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम तिर्थराज घिमिरेले संचालन गरेका थिए ।
कार्यक्रमको मुख्यआकर्षण Hackthon मा प्रतियोगिले निरन्तर ३० घण्टा एकै ठाउमा वसेर दिएकोTheme मा तयार पारेको Project लाई विज्ञ निर्णायक सामु प्रस्तुत गरेर उत्कृष्ट टिम विजयीहुने कुरा आयोजकले बताए।





प्रतिक्रिया