देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री प्रचण्ड अमेरिका जाँदै

देशान्तर

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दै छन् । 

संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिवार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।  

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । 

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्र सङ्घीय सभालाई सम्बोधन गरेर अमेरिकाबाट असोज ५ गते चीन भ्रमणमा जाने कार्य तालिका रहेको छ ।