देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा भट्ट चयन

देशान्तर

काठमाडौँ । माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् ।

शुक्रवार राजधानी काठमाडौँमा बसेको सङ्गठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । 

चैतमा सम्पन्न सङ्गठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले सङ्गठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो । 

महाधिवेशनमा भएको सहमतिअनुसार सङ्गठनको शुक्रवार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । 

बैतडी घर भई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट सङ्गठनमा दुई कार्यकाल अध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । भट्टले सङ्गठनको विधान मस्यौदा समिति संयोजकका रूपमा पनि जिम्मेवारी पूरा गरिसकेका छन् । 

अध्यक्ष चुनिएसँगै भट्टले कर्मचारीको हकहितमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । ‘सङ्गठनको उद्देश्यलाई व्यवहारमा लागु गरी कर्मचारीको हकहितका लागि लड्न सामूहिकतामा अगाडि बढ्नेछु,’ उनले भने ।