काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई दक्षिण कोरियाले नेपाल फर्कन रोकेको छ । कोरियाको भन्सार कार्यालयले अर्को निर्णय नहुन्जेसम्मका लागि उनलाई नेपाल फर्कन रोकेको हो ।
कोरीयाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले सिफारिसबिना औषधि लगेको भेटिएपछि भन्सार कार्यालयले उनलाई अनुसन्धानका लागि भन्दै नेपाल फर्कन नदिएको हो ।
दीपशिखा गत साउन २५ गते (अगस्ट १० तारिख) नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन कोरिया गएका थिए । दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले सेवन गरिरहेको औषधि मगाएकी थिइन् । कोरिया जाँदा उनले साथमा राजदूतले मगाएको औषधि लिएर गएका थिए । दक्षिण कोरियास्थित नेपाली दूतावासले पनि राजदूतको अनुरोधमा औषधि ल्याउँदा प्रेसक्रिप्सन ल्याउन छुटेकाले दीपशिखा नेपाल फर्कन नपाएको मंगलबार एक प्रेस नोट जारी बताएको छ ।





प्रतिक्रिया