देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले तस्करीको सुन छानबिन गर्न नचाहेको ओलीको आरोप :प्रदेश अधिवेशनमा प्यानल बनाए उम्मेदवारी खारेज गर्ने चेतावनी

देशान्तर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्करीको सुन छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक महिनासम्म सुन तस्करीको व्यापक छानबिन गर्नुपर्छ भनेको एक महिनापछि मात्रै आयोग गठन गर्न तयार भएपनि विलम्ब गरिरहेको बताए ।
सय किलो सुन भनेर एक महिनाभन्दा बढि समाचार पढेको र सुनेको तर पछि ६१ किलोमात्रै भएको भन्दै ३९ किलो सुन कहाँ गयो ? भन्दै उनले प्रश्न गरे ।

उनले ललिता निवास प्रकरणमा पैसा हालेर किन्नेलाई मुद्दा हाल्ने तर सरकारी सम्पति जानीजानी आफ्नो नाममा पार्नेलाई मुद्दा लगाएर चोखो क्रान्तिकारी बन्न खोजेको आरोप समेत लगाए ।ओलीले सत्यसँग सिङ नजुधाउन चेतावनी दिए । ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताए । उनले सरकार आफै मुलुकको अवस्था बिगार्न लागिरहेको पनि आरोप लगाए। अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरे । ओलीले मिसन –८४एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको बताए । वागमती प्रदेश अधिवेशनमा प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेदवारहरुको उम्मेदवारी खारेज गर्ने चेतावनी दिए ।ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिए ।