देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो ।

देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधि, जनकपुरधामका पूर्व मेयर बजरंगप्रसाद साह लगायतले अभिनन्दन गरेका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेको भन्दै पौडेलको प्रशंसा समेत गरिएको छ । नागरिक अभिनन्दनका क्रममा राष्ट्रपति पौडेलसमक्ष जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ ।