काठमाडौं । ८ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको छ । वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् । ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।
महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् । सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।





प्रतिक्रिया