देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान

देशान्तर


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनि गएराति दोहा प्रस्थान गरेकम हुन् ।

कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली सङ्घ संस्था एवं नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्याबारे जानकारी लिने, राजदूतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्नाका साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने तय भएको छ ।

अध्यक्ष लिङदेन नेतृत्वको कतार भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीका केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी भएका छन् । अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।