काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलगायत विषयमा बैठकमा छलफल गरिनेछ । त्यसअघि, आजै प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरोकारवाला निकायका पदाधिकारीसित छलफल गर्ने सचिवालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदमा बोल्न लागेका हुन् ।
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राख्नेछन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।





प्रतिक्रिया