देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिकित्सक र शिक्षक पछि स्थानीय कर्मचारी आन्दोलनमा

देशान्तर

काठमाडौं । चिकित्सक र शिक्षक पछि आजदेखि स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्तेका छन् । निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू काम ठप्प पार्दै हातमा कालोपट्टी बाँधेर सडकमा उत्रिएका हुन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा भएको आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं आएका छन् । उनीहरूले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने, निजामतीको परिभाषामा आफूहरूलाई समेट्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्ति विकास गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीलाई उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियनको अधिकार दिनुपर्नेलगायतका माग राखेका छन् ।उनिहरुले असोज १९ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।