देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधि सभा बैठक बस्दै, बिद्युत् विधेयक माथि छलफल हुने

देशान्तर

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

साथै, सभामुख देवराज घिमिरेले विद्युत् विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। 

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्याेहाेरा पढेर सुनाउने संसद् सचिवालयले जनाएको छ ।