देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इजरायलबाट शव ल्याउन र स्वदेश फर्कन इच्छुकको विवरण सङ्कलन सुरु 

देशान्तर

इजरायलमा मृत्यु भएका नेपालीहरूको शव ल्याउन र समस्यामा परेकाहरूलाई सरकारले उद्धारको लागि पहल सुरु गरेको छ । 

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल तेल अभिभस्थित विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत आवत –जावत सञ्चालन भइरहेकाले नेपालीहरूको शव नेपाल नेपाल र घर फर्किन इच्छुकहरूलाई पनि फर्काउने प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । 

विज्ञप्तिमा लेखिएको छ, ‘ मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरूको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको छ ।’

गत शनिवार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको थियो ।