देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शान्ति समाजका संस्थापक सभापति पहाडी सहित ११जना गिरफ्तार

देशान्तर

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित ११जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले पहाडी सहित सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरेको हो । उनिहरुलाई प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ ।
मानव अधिकार तथा शान्ति समाजले संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शनमा कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ , हत्या हिंसा महिमा मन्डन गर्न पाइदैँन, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन , राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन ? लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने? लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।