देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले सहमत भएमात्र संविधान संसोधनमा राप्रपाको सहयोग

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेविना सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गरे आफू सहभागी नहुने संकेत गरेको छ । राप्रपाले एमालेविना दुईतिहाइ पुगेर संशोधन भए पनि कार्यान्वयन गर्न जटिल हुने भन्दै कर्मकाण्डी कार्यमा भाग नलिने संकेत गरेको हो। राप्रपा अध्यक्ष कमल थापाले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा एमालेविना प्रक्रियामा लगिने संशोधन प्रस्तावमा आफ्नो पार्टी सहभागी नहुने जनाउ दिएको निकट नेताहरूलाई बताएका छन् ।

थापाले सोमबार पार्टीका सांसदहरूसँग संविधान संशोधनबारे छलफल गरेका थिए । उनले एमालेलाई पनि संशोधन प्रक्रियामा सहभागी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको ‘ब्रिफिङ’ सांसदहरूलाई गरेका थिए। महामन्त्री जयन्त चन्द नेतृत्वको वार्ता टोलीका सदस्य दिलनाथ गिरीले प्रतिपक्षी एमालेलाई विश्वासमा नराखी गरिने संशोधन ‘कर्मकाण्डी’ हुने बताए । ‘राप्रपा संविधान संशोधन गरी मधेस समस्या समाधान गर्ने पक्षमा छ । तर, एमालेलाई पनि विश्वासमा राखेर संशोधन गर्नुपर्छ,’ गिरीले भने, ‘नत्र कर्मकाण्डी हुन्छ । त्यसमा राप्रपा सत्तारुढ दलको सहयात्री बन्न सक्दैन।’

राप्रपा संविधान संशोधन गरी मधेस समस्या समाधान गर्ने पक्षमा छ । तर, प्रमुख प्रतिपक्षी एमालेलाई पनि विश्वासमा राखेर संशोधन गर्नुपर्छ, नत्र कर्मकाण्डी हुन्छ । एमालेलाई विश्वासमा नलिई संशोधन प्रक्रिया अघि बढायो भने त्यो सरकारको अकमण्र्यता हुनेछ । त्यस्तोमा राप्रपा सत्तारुढ दलको सहयात्री बन्न सक्दैन। नयाँ पत्रिकामा समाचार छ ।