देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

देशान्तर


हुम्ला । नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

भारतका राजदूत, नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

यस्तै, ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक रुपमा हस्तान्तरण गरिएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।