काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पु¥याउन सरकार असफल भएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरे पनि निष्कर्षमा पु¥याउन नसकेको जिकिर गरका हुने । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलोदेखि दोसो पाना पल्टाउन नसकेको उनको टिप्पणी छ ।
आउँदो निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पानादेखि नै अनुसन्धान र कसैको मुख नहेरी कारबाही गर्ने उनको भनाइ छ । कोसी प्रदेशमा ‘महागठबन्धन’ बनेको बन्दै उनले अब रास्वपा देशको एक मात्र प्रतिपक्ष दल भएको बताए । रास्वपा विदेशीको इसारामा चलेको भन्ने आरोप पुष्टि गर्न उनले चुनौती दिए ।





प्रतिक्रिया