देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मदन भण्डारीको सालिक तोडफोड

देशान्तर


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ ।

खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् ।

डोरमणि पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो । सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो ।

पार्कमा राखिएको मदन भण्डारीको सालिकको एउटा गोडा भाँचेर फालिएको छ । त्यस्तै सालिकको पनि विभिन्न भागमा ढुङ्गाले हानेको कारण चोट लागेको छ ।

यस अघि पनि सो पार्कको गेटमा लगाइएको ताला फोडिएको थियो । पटक पटक ताला फोडिएपछि ताला लगाउन छाडिएकोमा अहिले सालिक नै तोडफोड गरिएको पौडेलले बताए । ‘फरक विचार राख्ने अराजकले तोडफोड गरेर क्षति पुर्याएका हुन्’, पौडेलले भने ।