देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य : प्रचण्ड

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तर्राष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाउनु दुर्भाग्य भएको बताए ।

यसअघि, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भएको भेटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहे पनि सरकारले शान्ति प्रक्रियालाई टुंगोमा लैजान ढिलाइ गरिरहेको जिकिर गरेका थिए । त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।