देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसका नेताहरूका कारण कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था : कोइराला

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेताहरूका कारण कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्। 

नेपाली कांग्रेस कास्की क्षेत्र नं.१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस पार्टीले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको बताए । कोइरालाले केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने समेत बताए । कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको बताए ।