देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनपरिचालनबारे गलत प्रचार गरिएको प्रचण्डको गुनासो

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष अभियानअन्तर्गत गर्न लागिएको जनपरिचालनबारे सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै गुनासो गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादी बागमती प्रदेशको बैठकमा सम्बोधन गर्दै उनले जनपरिचालन सम्बन्धमा केन्द्रीय समितिले गरेको निर्णय बमोजिम विशेष अभियानकै क्रममा गर्ने निर्णय गरेको तर सञ्चार माध्यममा जनपरिचालन विरुद्ध गलत समाचार सम्प्रेषण भएको भन्दै् असुन्तुष्टि ब्यक्त गरे ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सङ्घीयता,गणतन्त्र, समावेशी लोकतन्त्रमाथि चुनौती थपिएको भन्दै प्रतिगामी शक्तिविरूद्ध आगामी मङ्सिर २२ गते काठमाडौँ केन्द्रित जनप्रर्दशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति जनआक्रोश पैदा भएपछि मङ्गलवार नै माओवादीले विज्ञप्ति जारी गरी समाचारको खण्डन गरेको थियो ।