देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वापद्वारा भूकम्प पीडितलाई राहत वितरणमा एकरूपता अपनाउन आग्रह

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा एकरूपता अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर रास्वपाले ६ बुँदे ध्यानाकर्षण गराएको हो । 

रास्वपाले राहत सामग्री वितरणमा सडक पहुँच राम्रो नभएको ठाउँलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

यस्तै, रास्वपाले भूकम्प प्रभावितहरूका लागि स्वदेश तथा विदेशबाट, सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त आवश्यक राहत सामग्रीको वितरण लक्षित जनतासम्म भएको यकिन गर्न तथा पीडितहरूको उद्धारमा सम्बन्धित निकायको अनुगमन गर्न पनि आग्रह गरेको छ ।