देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै

देशान्तर

काठमाडौं । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् । 

गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझनका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज 
जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संबादसमेत गर्नेछन् ।

शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान  १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।

भुकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदबाब बढे पछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए । सो भ्रमण स्थगित भए पछि राष्ट्रपति पौडेल आज भुकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् । 

उनी फ्रान्स, इटली र जर्मनीको भ्रमणमा निस्कदैँ थिए तर अन्तिममा राेकन पुगेका हुन् ।