देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज २ सय ३ औं भानु जयन्ती

देशान्तर

काठमाडौं । नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ३ औं जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्‍याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ुअध्यात्मरामायणुको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका प्रश्नोत्तर– १९१०, भक्तमाला– १९१०, वधूशिक्षा– १९१९, रामगीता–१९२५ तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन्।

आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका हुन् । नेपाली समाजमा एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गरेका आचार्य मूर्धन्य व्यक्तित्व भएको नेपाली केन्द्रीय विभागका सहप्राध्यापक कृष्णप्रसाद आचार्यले बताए ।

भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठानले राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिषेश कार्यक्रम गर्दैछ । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर
देउवा सहभागि हुनेछन् ।