देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इजरायल-प्यालेस्टाइन युद्ध

बालबालिका र सर्वसाधरणको हत्या निन्दनीयः महासचिव गुटेर्रेस

देशान्तर

न्युयोर्क, ५ मंशिर । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टाइन माथी इजरायली हमलाका कारण सर्बसाधरण मारिएकोमा निन्दा गरेका छन्। 

अल जजीराको एक प्रश्नको जवाफ दिँदै एन्टोनियो गुटेर्रेसले इजरायलले गाजामा गरेको बमबारीमा हजारौं नागरिकको ज्यान गएकोमा निन्दा गरेका हुन्।

संयुक्त राष्ट्र प्रमुखले भने, ‘यो स्पष्ट छ कि केही हप्तामा हजारौं बालबालिका मारिएका छन्।’

संयुक्त राष्ट्र संघमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,  ‘यो महत्वपूर्ण कुरा हो, म महासचिव भएदेखि कुनै पनि द्वन्द्वमा अतुलनीय र अभूतपूर्व भएको सर्वसाधारणको हत्या देखिरहेका छौं।’

गुटेरेसको पहिलो पाँच वर्षे कार्यकाल जनवरी २०१७ मा सुरु भएको थियो।

गाजामा इजरायली आक्रमणमा कम्तीमा ५ हजार ५ सय बालबालिकासहित १३ हजार मानिस मारिएका छन् । 

इजरायली घेराबन्दीमा रहेका प्यालेस्टाइनी अधिकारीका अनुसार गाजा क्षेत्रमा मानवीय संकट डरलाग्दो छ, त्यहाँ तत्काल युद्दबिरामको आवाश्यक परेको छ ।