देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुर्गा प्रसाईंसँग भुषण दाहालको अन्तर्वार्ता एपीवानले रोकिदियो

देशान्तर

काठमाडौं । पत्रकार भुषण दाहालको कार्यक्रम एपी वान टीभीले प्रशारणमा रोक लगाएको छ ।

उनले आफ्नो कार्यक्रममा दुर्गा प्रसाईंलाई अतिथि बनाएका थिए । उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलोपटक यस्तो भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवानएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।”