देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम: हिमाली भू भागमा हिमपात हुने

देशान्तर

काठमाडौं, ९ मङ्सिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।