देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुरु बराल नेतृत्वमा काँग्रेसको भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण अभियान जारी

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल नेतृत्वको टोलीले जाजरकोट भूकम्प पीडितका लागि १०० अस्थायी आवास निर्माण जारी राखेको छ ।काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार रुकुम पश्चिमको सानो भेरी गाउँपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गरिएको बरालले जानकारी दिएका हुन् ।

टोलीमा बरालसहित केन्द्रीय सदस्य मान बहादुर नेपाली ,नेपाली काङ्ग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्ण बहादुर रोकाय ,रुकुम पश्चिम का सभापति प्रेम प्रकाश ओली युवा नेता शिव आचार्य लगायत नेता तथा कार्यकर्ताहरू छन् । टोलीले क्षतिग्रस्त भएका घरहरूको भग्नावशेष पन्छाउँदै अस्थायी आवास निर्माण गरी रहेको छ ।

यसअघि काँग्रेस नेता एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोली १०० अस्थायी आवास निर्माण सम्पन्न गरेर जाजरकोटबाट फर्किसकेको छ । काँग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै काँग्रेसले जाजरकोट भूकम्प पीडितका लागि १००० अस्थायी आवास निर्माण अभियान जारी राखेको छ ।