देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संगठनविरुद्ध लाग्ने प्रबृति अन्त्य गर्न कटिबद्ध छु : प्रधानसेनापति

देशान्तर

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाभित्र अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीलाई सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित भएर आफ्नो दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको जनाए
पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको उनको आरोप थियो ।
उनले प्रधानमन्त्रीसित गोप्य सम्झौता नगरेको र राजदूत बन्न लागेको भन्ने हल्ला मात्र भएको बताए । रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उमेदवारहरूको उमेर, शैक्षिक योग्यता आदिलाई विषयबस्तु बनाइ अतिरञ्जित तवरले प्रचारबाजी भएको आरोप समेत उनले लगाए । उनले संगठनविरुद्ध लाग्ने प्रबृति अन्त्य गर्न आफू कटिबद्ध रहेको बताए ।
प्रधान सेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पद्धती तथा प्रकृया विपरीत कसैसँग कुनै सम्झौता नगर्ने कुरा बताएका थिए ।