देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार छाडेपनि पनि पूर्वमन्त्रीद्धारा मन्त्रीक्वाटर कब्जा

देशान्तर

काठमाडौं । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन्।

मन्त्रीबाट हटेको दुई तीन दिन भित्रै आफ्नो सामान सारेर साँचो बुझाउनुपर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा पनि पूर्वपर्यटन मन्त्री देवले मन्त्रीक्वार्टर छोडेका छैनन्।

मन्त्रीबाट हटेको करिब २० दिन क्वार्टरमा बसेका देव अहिले पनि सामान मात्र राखेर साँचो लिएर हिँडेका छन्। समाचार पत्र दैनिकमा समाचार छ ।