देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनसेलबिरुद्ध अमरेश सिंहले दायर गरेको रिटमा आज सुनवाई हुदैँ

देशान्तर

काठमाडौं । एनसेलको खरिद बिक्रि प्रक्रियाका विरुद्धमा सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । 

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन  पेसी तोकिए पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परे पछि आजबाट सुनवाई हुन लागेको हो ।

गत शुक्रबार सांसद सिंहले दायर गरेको रिट निवेदनमा आइतबार सुनवाई हुने भनिएको थियो । तर, आइतबार र सोमवार भने ‘हेर्न नभ्याइने’ भन्दै आजका लागि पेशी सारिएको थियो । 

सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्दैै गत शुक्रबार उनले रिट दर्ता गराएका हुन । आफनो निवेदनमा उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।