देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चाड–पर्वहरुले सामुहिक एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याउँछः देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चाड–पर्वहरुले सामुहिक एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउँने बताएका छन् ।

सभापति देउवाले ईसाई धर्मावलम्वीहरुको पर्व ‘क्रिसमस डे’ को उपलक्ष्यमा सम्पूर्ण ईसाई धर्मावलम्वीहरुमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।

पर्वको उपलक्ष्यमा सुभकामना सन्देश जारी गर्दै उनले विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक बताउँदै यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्नुपर्ने बताएका छन् ।

पालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् ।

‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।