देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस भ्रातृ संस्थाको तदर्थ समितिको फेरि ६ महिना समय अवधि थप

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना समय अवधि थप गरेको छ । पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको अवधि ६ महिना थप्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्।
उनका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो ।
अन्तिम पटकका लागि ६ महिनाको समय थपिएको र यो ६ महिनामा पनि अधिवेशन नभएमा तदर्थ समिति भंग गरेर नयाँ बनाउने उनले बताए ।