देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सनिवार

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनलगायतका बिषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।बैठक पार्टी कार्यालय, सानेपामा सनिवार दिउँसो १ बजे बस्ने छ । कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि मापदण्ड बनाएर अघि बढने जनाएको छ ।

बुधबार पूर्वकर्मचारी समाजको कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले थापाले राष्ट्रिय सभा सदस्यको लागि संविधानको परिकल्पना बहसमै नआउने अवस्था बनेको बताएका थिए। त्यस्तो हुनुको कारण थापाले दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुनु रहेको बताएका हुन् । थापाले अहिले राष्ट्रिय सभाको निर्वाचनको छलफल भइरहेको र आफ्नो पार्टी कांग्रेसको विधानको व्यवस्था अनुसार प्रदेशले उम्मेदवार सिफारिस गर्नुपर्ने भएकाले आफूले नजिकबाट नियालिरहेको पनि बताएका थिए ।