देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले अध्यक्ष ओलीको मति अझै सप्रेन : नेपाल

देशान्तर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको मति अझै नसप्रेको भन्दै कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने बताएका छन् ।

बुधबार काठमाडौँमा पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावका बेला ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकीकृत समाजवादीलाई शुन्य पार्न भनेको आरोप लगाए ।

राष्ट्रियसभामा ६ सिट एमालेलाई , ९ सिट कांग्रेसलाइ र माओवादी केन्द्रलाई ५ सिट राखेर निर्वाचनमा जान ओलीले प्रस्ताव गरेको भन्दै अध्यक्ष नेपालले ओलीको मति नसप्रेको बताए ।
उनले वर्तमान सरकारका कामका बारेमा अनेकौँ गुनासा आइरहेकाले आफूहरूले पटकपटक ध्यानाकर्षपत्र बुझाएको भन्दै व्याप्त संकटको समाधानको सूत्र समेत जानकारी गराएको पनि बताए ।