देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ

देशान्तर

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् ।

प्रहरीले  दक्षिणकाली नगरपालिका–५, नारायणथानबाट अमेरिकन डलरसँग सटही गर्ने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ निगालेका कुमार तामाङ भनिने हस्तबहादुर तामाङलाई पक्राउ गरेको हो ।

तामाङले गोदावरी नगरपालिका–९ का विजय कुँवरलाई ठगेका थिए । तामाङले आफूसँग ८ हजार डलर रहेको भन्दै नेपाली पाँच लाख रुपैयाँ दिए सो डलर उपलब्ध गराउने भनेर पाँच लाख रुपैयाँ लिएको र सुरुवमा ५० दरका अमेरिकन डलर दिई बाँकी भित्र छ भनेर दिएर फरार भएको प्रहरीको भनाइ छ । तर कुँवरले भने बाहिर ५० दरका अमेरिकन डलर राखेको र भित्र भने नेपाली २० रुपैयाँका २४० वटा नोटहरु राखेर दिएको आरोप लगाएका छन् ।

कुँवरले कीर्तिपुर प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको काठमाडौंका एसपी कमोद ढुंगेलले जानकारी दिए । प्रहरीले तामाङको साथबाट ५० दरको अमेरिकन डलर १ थान र २० दरको नेपाली नोट २४० थान बरामद गरेको छ । तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।