देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वंश समाज आफ्नो पहिचान खोज्ने दस्तावेज हो : खिलराज रेग्मी

देशान्तर


काठमाडौं । दोस्रो संविधान सभा निर्वाचन गराउनका लागि बनेका मन्त्रिपरिषद्का तत्कालिन अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले वंश समाजको पहिचान स्थापित गर्नका लागि सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् ।

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको दोस्रो वार्षिक साधारणसभालाई काठमाडौंमा सम्बोधन गर्दै रेग्मीले छोटो समयमा रेग्मी समाजले राष्ट्रव्यापी आकार र वंशको राष्ट्रिय स्वरुप नेपाली समाजको अगाडि राख्नु ठुलो उपलब्धि रहेको भन्दै अरु सचेत वर्गको आफ्नो पहिचान खोज्ने दस्तावेज समेत बनेको बताए ।

उनले भने,‘छोटो समयमा रेग्मी समाजले राष्ट्रव्यापी आकार र वंशको राष्ट्रिय स्वरुप नेपाली समाजको अगाडि राख्न सक्यो त्यो सामान्य उपलब्धी होइन् । वंशावली जुन बनेको छ । त्यो एउटा पुँजी हो । यसले सबैलाई आफ्नो पहिचान स्थापित गरौं भन्ने प्रेरणा प्रदान गरेको छ । अरु सचेत वर्गलाई पनि पहिचान खोज्ने र योगदान पुर्‍याउने एउटा दस्तावेज बन्यो । यो आफैमा अपूर्ण छ तर पूर्णता दिनलाई स्वयम् खोजी गर्ने र खोजी गराउने प्रेरणा दिने भयो ।’

उनले रेग्मी वंशको योगदानलाई सानो नसम्झी समग्र पक्षको समाजिक मूल्य, संस्कृति र परम्परालाई अक्षुण राख्न आग्रह गरेका छन् ।

रेग्मी वंशको पुर्खाले दरबारदेखि देश, शासन प्रशासन देखेभोगेको प्रज्ञा र प्रज्ञतालाई नजिकबाट नियालेका हुनाले रेग्मी वंशको योगदानलाई सानो नसम्झी समग्र पक्षको समाजिक मूल्य, संस्कृति र परम्परालाई अक्षुण राख्न आग्रह गरेका हुन् । यसैगरी नेपाल सरकारका पूर्व सचिव शीतलबाबु रेग्मीले सबैको एकताबाट नै समाज र राष्ट्रलाई राम्रो बनाउन सकिने बताए । साधारणसभाले अध्यक्ष निलप्रसाद रेग्मी, सचिव मोहन प्रसाद रेग्मी, कोषाध्यक्ष बुद्धिप्रसाद रेग्मीको बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक लोकनाथ रेग्मीको प्रतिवेदन अनुमोदन गरेको छ । कार्यक्रममा उपाध्यक्ष विष्णुमणि रेग्मीले स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण तथा सञ्चालन सुधिर रेग्मीले गरेका थिए ।