देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ,प्रमुख प्रतिपक्षी दलका अध्यक्ष र कांग्रेसका सभापतिलाई मिलेर अघि बढ्न राष्ट्रपतिको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतल निवासमा बोलाएर मुलुकका समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारदिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउन, सबैले न्याय पाउने गरी सुशासन कायम गर्न विश्वविद्यालयमा सुधार गर्न नेताहरुको ध्यानाकर्षण गराएका थिए ।