देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम पूर्वानुमान : पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ। । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

मधेश प्रदेशमा हुस्सु र कुहिरोले बिहान यातायातका साधनहरु निर्बाधरुपले चल्न सकेका छैनन् । बालबालिका,वृद्धवृद्धा तथा बिरामीलाई चिसोबाट जोगाउन महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।