देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोलखा जग्गा तथा आवास विकास सङ्घ तदर्थ समिति

देशान्तर

 काठमाडौँ । दोलखा जिल्ला भरी छरिएर रहेका  घर जग्गा व्यवसायी हरुको  दोलखा को चरिकोटमा आयोजित भेलाले दोलखा जग्गा तथा आवास विकास सङ्घ तदर्थ समिति गठन गरेको  छ।   नेपाल जग्गा तथा आवास विकास महासङ्घका महासचिव  विष्णु प्रसाद घिमिरे प्रमुख अतिथि  रहेको उक्त कार्यक्रममा,  महासङ्घका सचिव राम सुन्दर बके तथा केन्द्रीय सदस्य मोहन बहादुर राउतको उपस्थिति रहेको थियो ।   

घर जग्गा विज्ञ  सुरेन्द्र मान बिजुक्क्षेको  सभापतित्वमा भएको  भेलाले  शिव बहादुर खत्रीको  अध्यक्षतामा समिति गठन गरेको हो ।  समितिमा  उपाध्यक्षमा  शिव सिवाकोटी , सचिवमा भैरव थापा ,सदस्यहरूमा विष्णु सिवाकोटी, विष्णु  खतिवडा , हरि उप्रेती , ठुला कन्छा तमाङ्ग ,करुण पाण्डे , विदुर उप्रेती ,तारा मगर , मखन पाण्डे , भक्त बहादुर खड्का , निम पसाङ्ग शेर्पा रहेका छन् ।

 समितिका सल्लाहकारहरूमा सुरेन्द्रमान बिजुक्छे ,श्याम खड्का रहेका । प्रमुख अतिथि घिमिरेले दोलखा भरी छरिएर रहेका घर जग्गा व्यवसायीहरुको हकहित र अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले दोलखा जग्गा तथा आवास विकास सङ्घ तदर्थ समिति गठन गरिएको  जानकारी दिए ।