देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

देशान्तर

काठमाडौं। कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। 

आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो। संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख सचेतक रमेश लेखकले बताए। संसद्को हिउँदे अधिवेशन आगामी माघ २२ गते दिउँसो ४ बजेको लागि बोलाइएको छ।

यसैबीच कांग्रेसले प्रतिनिधिसभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । आज बसेको दलको बैठकले समितिको संयोजक तोकेको हो । अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून न्याय तथा मानव अधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिलामा आशा विकलाई संयोजक तोकेको छ ।

यस्तै राज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको छ ।