देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का

देशान्तर

काठमाडौं, । नेकपा एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का भएको छ । एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गरेर एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि भएको धक्कामुक्काबाट सन्तोष खनालको हात भाँचिएको छ । 


एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो । जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा पन्यो। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।’