देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांंग्रेसमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन २२ जना नेताको प्रस्ताव

देशान्तर

काठमाडौं। नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन् । 


हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा ‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’ उल्लेख गरिएको छ । 

उक्त प्रस्ताव पेश गर्नेहरूमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजङ्गबहादुर सिंह, सीताकुमारी राना, पुष्पा भुसाल, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा. डिला संग्रौलालगायत छन् ।