देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसद भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ ।
थापागाउँमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा गरिएको हो । अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन् ।

शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर बुझाएका थिए। सोमबारदेखि सुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने तयारी छ ।
भण्डारीले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरेका छन् ।