देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ऐतिहासिक महत्व बोकेको छुमकोट देवी मन्दिरको पुनर्निर्माण

देशान्तर


भक्तपुर । भक्तपुरको सूर्यविनायक वडा न. ९ स्थित ऐतिहासिक महत्व बोकेको छुमकोट देवी मन्दिरको पुनर्निर्माण गरिएको छ । लगभग २५० वर्षअघि निर्माण भएको मानिने यस मन्दिर गत वर्ष २०७९ सालमा नयाँ संरचनामा पुनर्निर्माण गरी व्यवस्थित बनाइएको हो ।
१८२० मा पृथ्वीनारायण शाहको गोर्खाली फौजद्वारा लडाइँमा धुलिखेल, पनौती, बनेपा, नाला र साँगा जित्ने क्रममा बाघसिंह खत्रीद्वारा नेतृत्व गरिएको फौजलाई साँगामा राखिएको थियो । बाघसिंह खत्री अहिलेको प्रदेश ६ कर्णालीस्थित दैलेखबाट आएको भनाइ छ ।


खत्री नेतृत्वको फौज साँगामा स्थापित भइसकेपछि उनले आफ्नो कुलदेवता मानी छुमकोट देवी मन्दिर निर्माण गराएको खत्रीका सन्ततिमध्ये स्थानीय ५६ वर्षीय भोला खत्रीले जानकारी दिएका छन् । हाल मन्दिरमा रुद्री, होम र अन्य पूजाआजा लगाउने काम छुमकोट देवी गुठीले गर्दै आएको छ । त्यसयता खत्रीखलकद्वारा मन्दिरमा प्रत्येक वर्ष कुल पूजा र दैनिक पूजा आजा हुँदै आएको छ । यसअघि मन्दिरको सीमांकन र व्यवस्थापन चुस्त नरहेकोमा हाल मन्दिर क्षेत्रको सीमांकन र पुनर्निर्माणपछि व्यवस्थित बनाइएको उनले बताए ।
चन्दादाताबाट संकलित रकम र सरकारी बजेटबाट मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिरलाई छुमकोट देवी गुठीमार्फत व्यवस्थापन गरिँदै आएको छ ।
प्रशिक्षार्थी, श्रीजंग खत्री