देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । 


आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्ताैलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने बताए । 


मन्त्री स्वयंले राजीनामा दिनुपर्नेमा दिएकाले उनलाई बर्खास्त गर्नुपर्ने र यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ । 


विमानस्थलमा प्रहरी र अध्यामगन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठूलालाई चैन’ भनेजस्तै भएको सचेतक बर्ताैलालले बताए ।